लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २८ कार्तिक             

         महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले यही कार्तिक २७ गते ०६:०० बजे काठमाण्डौ चन्द्रागिरी नगरपालिका-२ नागढुङगा चेकपोष्‍टबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । चेकपोष्‍टमा चेककजाँचको क्रममा  बीरगंन्जबाट काठमाण्डौ आउदै गरेको  ना. ७ ख ५३७६ नम्बरको  बसमा सवार भारत बिहार घर बताउने बर्ष २६ को दिलिप साहले बोकेको कालो झोलामा लुकाई,छिपाई ल्याएको नुर्फिन, फेनारगन र  डाइजेपाम गरी जम्मा १९५० एम्पुल बरामद गरेको छ ।   घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।