घरेलु मदिरा नष्ट

काठमाण्डौ, २८ कार्तिक             

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले यही कार्तिक २७ गते १७:०० बजे काठमाण्डौ तारकेश्वर नगरपालिका-१० हिलेटोलमा घरेलु मदिरा बनाउने भट्टी संचालन गरेको भन्ने सूचनाका आधारमा चेकजाँच गर्दा  अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ ५ हजार लिटर घरेलु नियन्त्रणमा लिई स्थानीय प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।