लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २७ कार्तिक             

              महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही २६ गते २१:०० बजे भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट सर्लाही हरिवन नगरपालिका-११का समसुल सेखलाई पक्राउ गरेको छ । सेखलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध नाईट्राभेट १ सय ८५ ट्याबलेट बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।