१ केजी सुन सहित मानिस नियन्त्रणमा ।

काठमाण्डौ, २७ कार्तिक             

            त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १ किलोग्राम सुन सहित १ जना हङकङकी नागरिकलाई पक्राउ गरेको छ । यही २६ गते २२:२० बजे हङकङबाट  CATHAY RAGON को उडान द्धारा  नेपाल आएकी हङकङकी नागरिक ५५ वर्षिय yeewah लाई पक्राउ गरेको छ । भन्सार एक्स्रेमा चेकजाँच गर्ने क्रममा हेण्ड व्यागमा लुकाई छिपाई १ केजी सुन ल्याउदै गरेको अबस्थामा पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।