लागुऔषध सहित पक्राउ

काठमाण्डौ, २६ कार्तिक             

        महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही २५ गते ११:१५ बजे परासीबाट काठमाण्डौ आउदै गरेको लु.१ ख.८५१३ नम्बरको यात्रु बाहक सवारी साधनलाई चेकजाँच गर्दा नवलपरासी रामनगर नगरपालिका १० का गणेश बानियाको साथबाट फेनरागन, नुफिन र  डाईजोपाम गरी ९ सय एम्पुल बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।