लागुऔषध सहित पक्राउ

काठमाण्डौ, २५ कार्तिक             

प्रहरीले यहि कार्तिक २४ गते १९:०० वजे ललितपुर महानगरपालिका १२ प्रयागपोखरीबाट लागुऔषध गाँजा २२ किलोग्राम सहित सोही स्थान बस्ने वर्ष ४४ को भुषण कृष्ण श्रेष्ठलाई पक्राउ गरेको छ । साथै श्रेष्ठको घरको छतमा लगाएको ५५ बोट गाँजा नष्ट गरेको छ ।

यसै गरी यही कार्तिक २४ गते १०:२५ बजे काठमाण्डौ चन्द्रागिरी नगरपालिका-२ नागढुङगा स्थित चेकपोष्टमा चेकिङ गर्ने क्रममा धादिङबाट काठमाण्डौ आउदै गरेको बा. ३ ख २८४० नम्बरको बसमा सवार जिल्ला धादिङ थाक्रे गाउपालिका-२ भुमेस्थान सिम्ले घर भई बस्ने बर्ष ५५ को सोनाम बाईवाले कालो झोलामा ८ किलो ५.३५ ग्राम लागुऔषध चरेस लुकाई छिपाई गरी ल्यादै गरेको अवस्थामा पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।