लागुऔषध चरेश सहित १ जना मानिस पक्राउ

काठमाण्डौ, २३ कार्तिक   

          महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले ३ किलो चरेश सहित १ जनालाई यही कार्तिक २२ गते १८:३० बजे काठमाण्डौ गोकर्णश्वर नगरपालिका ८ वेशीगाँउबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-११ घर हुने वर्ष २० को सन्तोष मोक्तान छन् । निजको गोकर्णश्वर नगरपालिका ८ वेशीगाँउमा रहेको डेरामा चेकजाँच गर्दा कोठाबाट चरेश जस्तो देखिने कालो पदार्थ अन्दाजी ३ किलो बरामद गरेको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।