जुवातास खेलिरहेको अवस्थामा १० जना मानिस पक्राउ

काठमाण्डौ, २३ कार्तिक             

         महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नगद ५७ हजार ४ सय ६० रूपैयाँ सहित पक्राउ गरेको छ । यही कार्तिक २२ गते १८:०० बजे काठमाण्डौ नागार्जुन नगरपालिका-४ बाफल स्थित सिन्धुपाल्चोक साँगा चोक घर हुने वर्ष ७० को बच्चु पुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा निज बच्चु पुरी सहित १० जनालाई पक्राउ गरेको छ । निजहरूको साथबाट नगद ५७ हजार ४ सय ६० रूपैयाँ र  १ बुक तास बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।