आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ, २२ कार्तिक

            काठमाण्डौ महानगरपालिका-२६ ठमेलमा खटिएको ट्राफिक  प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने प्रदेस नम्बर ३-०२-००९ प ५१५६ नम्बरको मोटरसाईकल चालक उदयपुर त्रियुगा नगरपालिका ३ घर भई काठमाण्डौ कपन बस्ने  वर्ष २९ को देव कुमार राईलाई पक्राउ गरेको छ । यही कार्तिक २१ गते २२:३० वजे ठमेल सडकमा चेकजाँच गर्दा मार्दक पदार्थ सेवन गरी  मोटरसाईकल चलाएका थिए । कारबाही गर्न खोज्दा निज चालक राईले प्रहरीलाई नगद १ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।