लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २२ कार्तिक             

            महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई यही कार्तिक २१ गते १४:०० बजे पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम घरभई काठमाण्डौ कोटेश्वर बस्ने बर्ष-२५ को अबिश याखा लिम्बु र सप्तरी राजबिराज घरभई ललितपुर नखिपोट बस्ने बर्ष- २४ को सुर्य नारायण यादब छन् ।  काठमाण्डौ महानगरपालिका-१४ बल्खुमा  शंकास्पद रुपमा हिडिरहेको अबस्थामा चेकजाँच गर्दा निजहरूको साथबाट नाईट्राभेट ३४७ ट्याब्लेट बरामद गरेको छ ।   साथै महानगरीय प्रहरी प्रभाग गोगंबुवाट खटिएको प्रहरी टोलीले यही कार्तिक २१ गते  १४:३० बजे काठमाण्डौ महानगरपालिका-२६ गोंगबु चोकबाट ४९ ग्राम लागुऔषध चरेश सहित १ जनालाई पक्राउ गरेको छ ।  सुचनाको आधारमा लैनचौरबाट गोंगबु आउँदै गरेको बा १ ज ९२१२ नम्बरको माईक्रो बसलाई  चेकजाँच गर्दा माईक्रो बसमा सवार बाजुरा स्वामी कार्तिक-१ घर भई काठमाण्डौ चौमती बस्ने बर्ष-१९ को उपेन्द्र बुढालाई उक्त लागुऔषध चरेश सहित पक्राउ गरेको हो । दुबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।