लागुऔषध सहित मानिस नियन्त्रणमा

भक्तपुर, २१ कार्तिक             

महानगरीय प्रहरी वृत्त बौद्धले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका-६ रामहिटी बस्ने गोबिन्द परियार, बौद्ध बस्ने जिम्मे लामा, सोही ठाउका दिपक लामा र गोकर्णेश्वर नगरपालिका-३ नयाँपाटी बस्ने नारायण के.सी रहेको छन । यही  २० गते १४:३० बजे रामहिटीमा चेकजाँच गर्दा उनिहरूको साथबाट प्रहरीले नुफीन, डाईजेल्याप, फेनरागन, लुपिजेसिक गरि १ सय ४९ एम्पुल बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।