लागुऔषध सहित मानिस नियन्त्रणमा

भक्तपुर, २० कार्तिक             

      महानगरीय  प्रहरी परिसर, भक्तपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको । यही कार्तिक १९ गते १८:३५ बजे भक्तपुर नगरपालिका-४ भेलुखेलका राजन भेलेलाई फेनरागन, नुफिन र डाईजेल्याप गरी ११३ एम्पुल,  नाईट्राभेट १५ ट्याब्लेट, सिरिन्ज १० थान , विभिन्न कम्पनिको मोवाईल १० थान र नगद ९ हजार सहित पक्राउ गरेको छ । निज राजनसँग  लागुऔषध खरिद  गर्न आएको भक्तपुर नगरपालिका-६ भोलाछे बस्ने आयुष कस्ती समेतलाई पक्राउ गरिएको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।