समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “प्रहरी संग एक दिन” कार्यक्रम सम्पन्न

काठमाडौं, १८ कार्तिक

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले सिफल सेकेन्डरी स्कुल गौशालामा अध्ययनरत विद्यार्थीहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सोमबार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भयो । कार्यक्रममा विद्यार्थीहरूबाट उठेका विभिन्न जिज्ञासाहरूको जवाफ दिनुहुँदै प्रहरी नायव महानिरीक्षक क्षेत्रीले बालबालिका माथि हुन सक्ने संभावित दुर्घटनाहरु (बाल यौन दुर्व्यबहार, Rape, अपहरण), अपराध अनुसन्धानमा प्रहरीको भुमिका लगायत आफु सुरक्षित हुन अपनाउनु पर्ने सावधानी जस्ता आधारभुत सुरक्षाको बारेमा जानकारी दिनु भयो । साथै प्रशिक्षणको क्रममा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायव उपरीक्षक गोबिन्द राज काफ्लेले विद्यार्थीहरुलाई प्रहरी-विद्यालय सम्पर्क समिती तथा समुदाय-प्रहरी साझेदारीको बारेमा प्रष्ट पार्दै कुनै पनि खबर तथा सूचना किन र कसरी प्रहरीको हटलाईन १०० मा सूचना दिने भन्ने बारेमा समेत प्रशिक्षण दिनुभयो । कार्यक्रम पश्चात विद्यार्थीहरुलाई Police Control Room को भ्रमण गराई Control Room बाट प्रहरीले गर्ने काम/कारवाहीबारे सैद्धान्तिक र ब्यवहारिक ज्ञान प्रदान गरीएको थियो ।