घरेलु मदिरा नियन्त्रणमा

काठमाण्डौ, १८ कार्तिक

          महानगरीय प्रहरी वृत्त कालिमाटीले घरेलु मदिरा नियन्त्रणमा लिएको छ । प्रहरीले आज बिहान ०८:३० बजे काठमाण्डौ महानगरपालिका-१३ कालिमाटी स्थित बा.२ ज.४३५९ नम्बरको ट्याक्सीलाई चेकजाँच गर्दा १ सय ४० लिटर घरेलु मदिरा फेला पारी बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।