तास खेल्ने ४ जना पक्राउ

काठमाण्डौ, १८ कार्तिक

                  महानगरीय प्रहरी वृत्त कालिमाटीले तास खेल्ने ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यही १७ गते २२:०० बजे काठमाण्डौ महानगरपालिका-१४ बल्खु स्थित ओम हरेराम सवारी काउण्टर भित्र तास खेलिरहेको अबस्थामा बल्खु बस्ने मकवानपुर हेटौडा उपमहानगरपालिका-१ का निरञ्जन रानामगर सहित ४ जनालाई नगद १४ हजार ५ सय ४० रूपैया सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।