जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाण्डौ, १४ कार्तिक

     महागनरीय प्रहरी प्रभाग बलम्बुवाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । यही कार्तिक १३ गते २२:१५ बजे चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारा दुरसञ्चार पछाडीको चन्द्रागिरी कटेजमा तास र कौडा खेलिरहेको अवस्थामा  गुल्मी चारपाला गाउँपालिका-६ घर भई काठमाण्डौ चन्द्रागिरी नगरपालिका १२ बलम्बु बस्ने वर्ष वर्ष ४३ को मुकेश थापा सहित ८ जनालाई पक्राउ गरेको छ । निजहरूको साथबाट नगद २ लाख २० हजार ६ सय ५ रूपैयाँ, १ बुक तास र १६ वटा कौडा बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।