विभिन्न पटाका सहित पक्राउ तथा बरामद

काठमाण्डौ, १० कार्तिक

प्रहरीले काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-९ गान्धी मोडस्थित न्यू निपुन किराना पसलका संचालक ४० वर्षीय निरज कार्कीलाई माल्टा बारुद पटाका ११ पाकेट, रकेट पटाका ७ वटा, चक्र पटाका १ वटा, गमला पटाका १ वटा र झिरझिरे पटाका २ वटा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले पसलमा बिक्री गर्न राखिएको उक्त पटाका सहित उनलाई पक्राउ गरेको हो । साथै ललितपुर, ललितपुर महानगरपालिका-१९ ईटिचोकस्थित सावित्री चप्पल पसलका संचालक सोही ठाउँ बस्ने ४० वर्षीय रमेश देउलालाई मेगा पावर पटाका १६ प्याकेट, चक्र पटाका २५ वटा र झिरझिरे पटाका ३ वटा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरीले उनलाई उक्त पटाका सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।