विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

काठमाण्डौ, १० कार्तिक

       प्रहरीले काठमाडौं महानगरपालिका-३ महाराजगंज पिपलमार्ग बस्ने ३० वर्षीय बिक्रम गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा बिक्रम गौतम समेत २५ जनालाई नगद २ करोड ६७ लाख रुपैयाँ, ३२ थान कौडा, ४ बुक तास र बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

      यसै गरी काठमाडौं महानगरपालिका-३२ जडिबुटी पाल्पाडाँडामा रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ बस्ने ४४ वर्षीय सिताराम सिलवाल समेत ६ जनालाई नगद ५६ हजार रुपैयाँ र ३ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

         यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने ४५ वर्षीय बाल कुमार तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय सविन थापा समेत ९ जनालाई नगद १६ हजार रुपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

       यसैगरी काठमाडौं महानगरपालिका-२८ बागबजार डेरा गरी बस्ने भारत विहार घर भएका २० वर्षीय विकाश कुमारको कोठामा तास खेलिरहेको अवस्थामा विकाश कुमार समेत ४ जनालाई नगद १ हजार ८ सय २५ रुपैयाँ र १ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।