पटका सहित नियन्त्रणमा ।

काठमाण्डौ, ०६ कार्तिक

प्रहरीले पटका सहित ४ जनालाई पक्राउ गरेको छ । तिहार र छठ पर्वलाई लक्षित गरी उपत्यकामा भित्रीएको विभिन्न प्रकारका पटकाहरू बरामद गरेको छ । प्रहरीले असोज २८ गते देखि कार्तिक ५ गते सम्म उपत्यकाका बिभिन्न स्थानबाट  नागेन माल्टा वारुद, रकेट बम, मिनी बुलेट, विभिन्न प्रकारका झिरझिरे,सुपर मे फायर वर्क, इलेक्ट्रिक स्पार्कलेश,  चक्र बम, भुई चम्पा लगायतका बिभिन्न प्रकारका पटकाहरू ५ बोरा बरामद गरेको छ । यसै गरी ५८० प्याकेट र खुल्ला ९९०० पिस समेत बरामद गरेको छ ।  तिहार र छठ पर्वमा यस्ता बस्तुहरूको प्रयोग नगर्न हुन सबैमा प्रहरी हार्दिक अनुरोध गर्दछ ।