जुवातास खेल्ने मानिस पक्राउ ।

काठमाण्डौ, ०६ कार्तिक

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले  यही कार्तिक ५ गते २१:३० बजे बुढानिलकण्ठ नगरपालिका-४ भेटघाट चोक स्थित लक्ष्मी गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद  १ लाख ७८ हजार ५ सय रूपैयाँ, ४ बुक तास र घर धनी लक्ष्मी गुरुङ सहित १२ जनालाई पक्राउ गरेको छ ।

  यसै गरी महानगरीय प्रहरी प्रभाग काँडाघारीले जुवातास खेलिरहेको अवस्थामा नगद ३९ हजार ४ सय ७५ रूपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ ।  यही कार्तिक ५ गते मंगलबार काठमाण्डौ महानगरपालिका ८ गोठाटार कष्ण मन्दिर नजिकबाट  रामेछाप घर भई काठमाण्डौ महानगरपालिका ८ बस्ने ५४ वर्षीय विर बहादुर तामाङ सहित ६ जनालाई पक्राउ गरेको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।