दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित पक्राउ ।

काठमाण्डौ, ०६ कार्तिक

          महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका  २६ ठमेल नर्सिङ चोकबाट दुर्लभ बन्यजन्तु सालकको खपेटा र बिरालोको जस्तो देखिने छाला १ थान सहित २ जनालाई यही मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट किस्ताङ गाउँपालिका २ घर भई काठमाण्डौ कपन बस्ने वर्ष २८ को नवराज न्यौपाने र  गोरखा सिरान चोक गाउँपालिका -६ घर भई काठमाण्डौ कपन बस्ने वर्ष २२ को केशब अर्याल छन् । निजहरूको साथबाट बन्यजन्तुको छाला १ थान र सालकको खपेटा १ के.जी. ४०० ग्राम बरामद गरेको छ । काठमाण्डौ महानगरपालिका  २६ ठमेल नर्सिङ चोकमा अवैध रुपमा कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले यही मंगलबार पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।