जुवातास खेल्ने मानिस पक्राउ

काठमाण्डौ, ०५ कार्तिक

            महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले  यही कार्तिक ४ गते १६:०० बजे काठमाण्डौ तार्केश्‍वर नगरपालिका ४ पैँयुटार स्थित रामेश्‍वर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद  ४९ हजार ३ सय रूपैयाँ र ६ बुक र घर धनि रामेश्‍वर बोगटी सहित ५ जनालाई पक्राउ गरेको छ ।

   यसै गरी महानगरीय प्रहरी वृत्त कालीमाटीले  जुवातास खेलिरहेको अवस्थामा नगद ३१ हजार २ सय ८५ रूपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ ।  यही कार्तिक ४ गते १२:३० बजे काठमाण्डौ महानगरपालिका-१३ कालिमाटी स्थित अर्जुन तामाङको घरमा तास खेलिरहेको अवस्थामा  नगद ३१ हजार २ सय ८५ रूपैयाँ, ६ बुक र घर धनि अर्जुन तामाङ सहित ६ जनालाई पक्राउ गरेको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।