पाटे बाघको छाला सहित २ जना नियन्त्रणमा

काठमाण्डौ, ०१ कार्तिक

        महानगरीय प्रहरी वृत्त दरवारमार्गले दुर्लभ बन्यजन्तु पाटेबाघको छाला सहित २  जनालाई पक्राउ गरेको छ ।  दुर्लभ बन्यजन्तुको छाला सञ्चय गरी बिक्री बितरणको लागि ओसार प्रसार गरी रहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले यही आश्विन ३० गते  १९:१५ बजे काठमाण्डौ महानगरपालिका-२७ ज्याठाबाट धादिङ सिद्धलेख गाउँपालिका-०४ घर भई काठमाण्डौ महानगरपालिका- १५ ठुलो भर्‍याङ बस्ने बर्ष २३ को शरण थापामगर र नुवाकोट सुर्यगढी गाउँपालिका- ०३ घर भई काठमाण्डौ नागार्जुन स्विचाटार बस्ने बर्ष ४१ को राम तामाङलाई पक्राउ गरेको छ । बा. ४२ प. ९८६४ नम्बरको मोटरसाईकलाई  चेकजाँच गर्दा प्लाष्टिकको बोरा भित्र लुकाई मोटरसाईकलमा लिई हिडदै गरेको अबस्थामा दुर्लभ बन्यजन्तु पाटे बाघको छाला २ थान बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।