अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ०१ कार्तिक

          महानगरीय प्रहरी वृत्त कालीमाटीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । यही आश्विन ३० गते  २१:०० बजे काठमाण्डौ महानरगपालिका-१३ ताहचल स्थित सडकमा गस्तिमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा सोही ठाउँ बस्ने वर्ष ३२ को राम महर्जनको साथबाट लागुऔषध डाईजोपाम, नुफिन र फेनारगन गरी २४ एम्पुल बरामद गरेको छ । सोही घटनाको अनुसन्धानको क्रममा  काठमाण्डौ सुन्धारामा रहेको मलाया होटलमा कोठा लिई बस्दै आएका काठमाण्डौ जैसीदेवलका हृदय वलामीको साथबाट लागुऔषध फेनारागन, नुरफिन  र डाईजोपाम गरी जम्मा ३४८ एम्पुल , नगद ४६ हजार रूपैयाँ Iphone7- १ थान, Ipad १ थान,Canon Camera १ थान र घडी २ थान  बरामद गरेको  छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।