अबैध लागुऔषध चरेस सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २९ आश्विन

           महानगरीय प्रहरी वृत्त महाराजगंजले ४.५ किलो अबैध लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही २८ गते १८:०० काठमाण्डौ महानगरपालिका-३६ मित्रनगरबाट थानकोट बस्ने जाजरकोटका भुवन बुढामगर र सोही ठाउँका नविन प्रकाश पुनलाई प्रकाउ गरेको छ । निजहरूको साथबाट प्रहरीले अबैध लागुऔषध चरेस ४.५ किलो बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

        यसै गरी महानगरीय प्रहरी प्रभाग दधिकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यही २८ गते २२:३० बजे भक्तपुर सुर्यविनायक नगरपालिका-४ दधिकोटबाट सोही ठाउँ बस्ने शरणकृष्ण न्यौपानेलाई नियन्त्रणमा लिएको छ । निजको जस्ताले बनाएको टहराबाट ३ किलो गाँजा र सुकेको गाँजाको बोट १० किलो  बरामदा गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।