कौडा खेल्ने ११ जना मानिस नियन्त्रणमा

काठमाण्डौ, २७ आश्विन

      महानगरीय प्रहरी प्रभाग गोगंबुले तास कौडा खेल्ने ११ जनालाई नगद ४ लाख १  हजार १५ रूपैयाँ सहित नियन्त्रणमा लिएको छ ।  

         यही आश्विन २६ गते २१:५० बजे काठमाण्डौ महानगरपालिका-४ बनस्थली उत्तम कुईकेलको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा घर धनी ४३ वर्षिय उत्तम कुईकेल सहित ११ जनालाई पक्राउ गरेको छ । निजहरूको साथबाट प्रहरीले  नगद ४ लाख १  हजार १५ रूपैयाँ र १८ थान कौडा, १ बुक तास बरामद गरेको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।