आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ,१७ आश्विन

       महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट काठमाण्डौ महानरपालिका सितापाईलामा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने पशु सेवा विभाग त्रिपुरेश्वरका बा. १ झ ९९६६ नम्बरको गाडी चालक रामेछाप भँगेरी गाउँपालिका ०६ घर भई काठमाण्डौ स्वायम्भू बस्ने २५ वर्षीय हेम कुमार श्रेष्ठलाई यही आश्विन १६ गते २२:०० बजे पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाएकोले निजलाई कारबाहि गर्न खोज्दा निजले प्रहरीलाई नगद ५ सय ५ रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । नगद सहित श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।