लागुऔषध सहित नियन्त्रणमा

भक्तपुर,१७ आश्विन

             महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टोलीले यही आश्विन १६ गते १३:२५ बजे भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बसपार्कबाट लागुऔषध सहित सुर्यविनायक नगरपालिका-२ बालकोट घर भएका २१ वर्षीय  मनोज श्रेष्ठ, १९ वर्षीयको आदेश राना र सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने वर्ष २४ को विबेक थापालाई पक्राउ गरेको छ । निजहरूको साथबाट  लागुऔषध ट्रामा-२८ ट्याबलेट, नाइट्रोजेल-७ पिस र चिलिम २ थान बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।