जुवातास खेल्न ११ जना मानिस नियन्त्रणमा

ललितपुर,१७ आश्विन

      महानगरीय प्रहरी परिसर,ललितपुरबाट खटिएको प्रहरी टोलीले यही आश्विन १७ गते बिहान ०१:०० बजे ललितपुर महानगरपालिका ४ झम्सीखेल स्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थमा ललितपुर महानगरपालिका १६ मंगलबजार बस्ने वर्ष ३२ को विरबु जोशी सहित ११ जनालाई पक्राउ गरेको छ । निजहरूको साथबाट नगद २ लाख ६५ हजार रूपैयाँ र ९ बुक तास बरामद गरेको छ ।   घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।