आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ,१४ आश्विन

             महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट पेप्सीकोला चोकमा डिउटीमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.३५ प. ५३०० नम्बरको मोटरसाईकल चालक भक्तपुर बोडे बस्ने धादिङका राजु चौधरीलाई नियन्त्रणमा लिएको छ । यही १३ गते २२:३० बजे चौधरीले मादक पदार्थ सेवन गरी मोटरसाईकल चालाई रहेकाले कारबाही गर्न खोज्दा प्रहरीलाई नगद १ हजार दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । नगद सहित चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।