जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ,१४ आश्विन

         प्रहरीले जुवातास खेल्ने १२ जनालाई नगद ४९ हजार २ सय १५ रूपैया सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीटोलीले यही १३ गते १५:०० बजे  नागार्जुन नगरपालिका-१ स्थित एक घरमा जुवातास खेलिरहेको अबस्थामा गोरखा सिरानचोकका तिलक पुलामी मगर सहित ५ जनालाई नगद ७ हजार ६ सय रूपैया सहित पक्राउ गरेको छ ।

        यसै गरी महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले यही १३ गते १८:०० बजे  बुढानिलकण्ठ नगरपालिका-१० कपन वालुवाखानी स्थित एक घरमा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोकका सागर गुरूङ सहित ७ जनालाई नगद ४१ हजार ६ सय १५ रूपैया सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।