कटुवा पेस्तोल सहित २ जना पक्राउ

काठमाण्डौ,१४ आश्विन

             महानगरीय प्रहरी प्रभाग नागढुङगाले कटुवा पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरानका शैलेश तामाङ र दाङका उज्वल गिरी रहेका छन । प्रहरीले यही १४ गते विहान ०५:०० बजे बुटवलबाट काठमाण्डौ आउदै गरेको लु.१ ख. ९९८८ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा निजहरूको साथबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ थान बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।