हतियार सहित ४ जना नियन्त्रणमा

काठमाण्डौ,०८ आश्विन


            महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीटोलीले पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ८ गते ११:३० बजे काठमाण्डौ महानगरपालिका-९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई पक्राउ गरेको छ । निजहरूको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन २ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।