जुवातास खेल्ने १० जना मानिस नियन्त्रणमा

काठमाण्डौ,०२ आश्विन

           महानगरीय प्रहरी वृत्त बानेश्‍वरबाट खटिएको प्रहरी टोलीले यही आश्विन १ गते १६:३० बजे काठमाण्डौ महानरपालिक- ३१ सचेतना मार्गमा जुवातास खेलिरहेको अवस्थामा रामेछापका देव कुमार बस्नेत सहित १० जनालाई पक्राउ गरेको छ । निजहरूको साथबाट नगद १ लाख २३ हजार ८ सय ३५ रूपैयाँ, १४ बुक तास बरामद गरेको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।