आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

काठमाण्डौ,०२ आश्विन

       महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट भद्रकालीमा डिउटीमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.८३ प.५९८५ नम्बरको मोटरसाईकलमा सवार नयाँबानेश्वर बस्ने याकम तामाङलाई पक्राउ गरेको छ । प्रहरीले यही आश्विन १ गते २२:३० बजे चेकजाँच गर्दा मोटरसाईकल चालक तामाङले प्रहरीलाई नगद एक हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । नगद सहित तामाङलाई नियन्त्रनमा लिई अनुसन्धान भईरहेको छ ।