लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ,३१ भाद्र

            महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट यही भाद्र ३० गते १२:३० बजे  काठमाण्डौ  चन्द्रागिरी नगरपालिका-२ नागढुगा चेकपोष्टमा खटिएको प्रहरी टोलीले विर्तामोडबाट काठमाडौँ आउदै गरेको ना.५ ख ४९१३ नम्बरको बसलाई चेकजाँच गर्ने गर्दा बसमा सवार जिल्ला झापा अनारमुनि-६ घर भएको वर्ष २० को शंकर राजवंशीलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको छ । निजको साथबाट साथबाट लागुऔषध ब्राउनसुगर ३०.९० ग्राम बरामद गरेको थियो ।  घटना सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको छ ।