नक्कली सुन सहित मानिस नियन्त्रणमा

काठमाण्डौ,३१ भाद्र

           महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले यही भाद्र ३० गते १५:२५ बजे काठमाण्डौ महानगरपालिका-१६ माछापोखरीबाट नक्कली सुन सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका  घर भई काठमाण्डौ ठुलोभर्‍याङ बस्ने बर्ष-४२ को राजकुमार बम्जन छन् । निजको साथबाट  अन्दाजी १ किलो नक्कली सुन बरामद गरेको थियो ।  बिक्रिको लागि बार्गेनिङ भई रहेको सुचनाको आधारमा निजलाई नक्कली सुन सहित पक्राउ गरिएको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।