अवैध घरेलु मदिरा नष्ट

काठमाण्डौ,३१ भाद्र

         महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले यही भाद्र ३० गते १७:०० बजे काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । रामेछाप दोरम्बा गाउँपालिका-५ घरभई काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-११ कपन लसुनटार बस्ने बर्ष-४२ को लालकाजी मोक्तानले टिनको टहरा निर्माण गरी अबैध रुपमा घरेलु मदिरा उत्पादन गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले अन्दाजी १४ हजार ८ सय  लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ र  ६ हजार ७ सय  लिटर  अवैध घरेलु मदिरा नियन्त्रणमा लिई स्थानिय प्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।  मदिरा बनाउन प्रयोग हुने भाडाकुँडालाई महानगरीय प्रहरी प्रभाग कपन राखिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।