शान्ति सुरक्षा,विकास निर्माण र डेंगुरोग नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाण्डौ, २८ भाद्र

      समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षा,विकास निर्माण र डेंगुरोग नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम माननीय  सासंद तथा पूर्व मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यमा  आज एक कार्यक्रम बिच  मध्यपुरथिमि नगरपालिका वडा नं. १ लोकन्थली मनोरम पार्क भक्तपुरमा सम्पन्न भयो ।

       कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथी  माननीय  सांसद तथा पूर्व मन्त्री महेश बस्नेतज्यूले सुरक्षित समाज निर्माणको लागि समुदाय-प्रहरी साझेदारी आवश्यक रहेको र अहिले समुदाय-प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनता बीचको दुरी हटाएको बताउनु भयो । प्रदेश ३ का माननीय सांसद डा.राजेन्द्रमान श्रेष्ठले समुदाय-प्रहरी साझेदारीको माध्यमबाट जाँदा अपराध नियन्त्रण गर्न बढी सहज हुने बताउनुभयो ।

           सो कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव माहानिरीक्षक शैलेश थापा क्षेत्रीले अपराध हुनको लागि चाहिने तीन तत्वहरु अपराधिक मनसाय, तयारी र अवसरलाई ब्रेक गर्न प्रहरीले विभिन्न कारवाहीहरू गर्ने गरेको र समुदाय-प्रहरी साझेदारीको प्रभावकारीताले गर्दा प्रहरीलाई प्राप्त हुने सुचनाहरूमा बृद्धि भएको र अपराधीलाई घटना घटाउनु अगाडी नै पक्राउ गर्न मद्दत मिलेको बताउनु भयो । साथै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले डेंगु रोगको बारेमा सचेतना प्रदान गर्नु भयो । कार्यक्रममा उच्च अदालत जनकपुरका माननीय न्यायधिस बाबुराम रेग्मी,सोही वडाका वडा सदस्य रत्न प्रजापति, उपत्यका सामुदायिक सेवा केन्द्र, गठ्ठाघरका अध्यक्ष सुरेन्द्र बोगटीले आ-आफ्ना धारणा राख्नु भएको थियो । जन-प्रतिनिधि, विभिन्न संघ/संस्था, समिति, समाज, समूह र स्थानिय व्यक्तिहरू, प्रहरी अधिकृतहरु तथा जवानहरु लगायतको उपस्थिति रहेको कार्यक्रममा महानगरीय प्रहरी वृत्त ठिमी र मनोरमनगर समाज लोकन्थलीको आयोजना, मध्यपुर थिमि नगरपालिका १ नं. वडा कार्यालय, समुदाय-प्रहरी मनोरम टोल समिति र स्वास्थ्य कार्यालय भक्तपुरको सह-आयोजनामा भएको शान्ति सुरक्षा,विकास निर्माण र डेंगुरोग नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रमको मनोरमनगर समाज लोकन्थली कार्यवाहक अध्यक्ष महेश्वर मानसिंह अधिकारीको सभापतित्वमा  सम्पन्न भएको थियो ।