कटुवा पेस्तोल सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २४ भाद्र

      महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ६ राउण्ड गोली सहित बारा फेटा गाउँपालिका-३ का ३८ वर्षीय शम्भु प्रसाद साहलाई यही भाद्र २३ गते २०:४० बजे भक्तपुर सुर्यविनायक नगरपालिका-९ भातेढिकुरबाट पक्राउ गरेको छ । भक्तपुर सुर्यविनायक नगरपालिका-९ भातेढिकुर सडक छेउमा हिड्दै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल १ थान र गोली ६ राउण्ड बरामद गरेको हो ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।