लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २४ भाद्र

            महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले यही भाद्र २३ गते १५:५५ बजे ललितपुर महानगरपालिका-१० कुपन्डोलबाट सुनसरी ईटहरी जनता बस्ती घर भई ललितपुर भैसेपाटी बस्ने बर्ष-३१ को निशान तामाङ र जिल्ला दोलखा घरभई ललितपुर कुपन्डोल बस्ने बर्ष-१७ को देब शाहीलाई पक्राउ गरेको छ । शंका लागी चेकजाँच गर्दा निजहरूको साथबाट लागुऔषध पोल्याण्ड ५० ग्राम  बरामद गरेको थियो ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।