लागुऔषध र धारिलो हतियार सहित नियन्त्रणमा

काठमाण्डौ, २२ भाद्र

           महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले आईतबार ००:४५ बजे भक्तपुर मध्यपुरठिमि नगरपालिका-१ लोकन्थलीमा  चेकजाँच गर्दा बा.७९ प २७४१ नम्बरको स्कुटीमा सवार चालक गोरखा सिरानचोक २ घर भई भक्तपुर बालकोट बस्ने वर्ष २१ को सुरज थापा र भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने वर्ष २० को कविराम पसखललाई पक्राउ गरेको छ । निजहरूको साथबाट लागुऔषध नाईट्राभेट १२ ट्याब्लेट र धारिलो हतियार चक्कु र कैचि बरामद गरेको छ । घटनामा सम्बन्धी प्रहरीले अनुसन्धान गरिरहेको छ ।