लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, २२ भाद्र

           प्रहरी टोलीले यही भाद्र २१ गते १७:४० बजे भक्तपुर सुर्यबिनायक नगरपालिका-१ सिरुटारबाट लागुऔषध ट्रामा १९ पिस सहित ललितपुर  महालक्ष्मी नगरपालिका -३ बस्ने बर्ष-२६ को प्रभात के.सी. र बर्ष-२६ को देपेश के.सी.लाई नियन्त्रणमा लिएको छ ।  

               साथै महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले यही भाद्र २१ गते १८:३० बजे काठमाण्डौ चन्द्रागिरी नगरपालिका-११ गुर्जुधारामा चेकजाँज गर्दा  चन्द्रागिरी नगरपालिका-१२ मुखियागाँउका विक्की रोक्का र धादिङ किरानचोक ४ घर भई काठमाण्डौ गुर्जुधारा बस्ने वर्ष ३८ की राममाया तामाङ्गलाई लागुऔषध चरेश सहित पक्राउ गरेको छ । निजहरूको साथबाट  लागुऔषध चरेश ६५ ग्राम बरामद गरेको थियो ।  

यसै गरी महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले यही भाद्र २१ गते १८:३० बजे काठमाण्डौ महानगरपालिका-०९ तिलगंगाबाट  लागुऔषध सहित काठमाण्डौ  महानगरपालिका-०८ पशुपति बस्ने रौतहटका राजमिल खान दास र भारत घर भई पर्सा बिरगंज बस्ने निशा कुमारी शाहलाई पक्राउ गरेको छ । निजहरूको साथबाट  फेनारगन, नुफिन र डाईजोपाम गरी जम्मा १६४ एम्पुल लागुऔषध बरामद गरिएको थियो । घटनामा सम्बन्धी प्रहरीले अनुसन्धान गरिरहेको छ ।