जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, १५ भाद्र

           महानगरीय प्रहरी वृत्त ठिमीले जुवातास खेल्ने ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही भाद्र १४ गते १८:०० बजे मध्यपुर ठिमी नगरपालिका -८ वोडे स्थीत एक घरमा जुवातास खेलिरहेको अबस्थामा उदयपुरका टंक मगर सहित ४ जनालाई नगद ३४ हजार ५ सय ७५ रुपैया सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।