समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न:

काठमाडौं, १३ भाद्र 

           महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले त्रिचन्द्र कलेजमा Post Graduate Diploma in counseling psychology विषयमा अध्ययनरत विद्यार्थीहरूलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सचेतना सम्वन्धी प्रशिक्षण दिनुभएको छ ।

विधार्थीहरूले राखेको जिज्ञासाको जावाफ दिदै कार्यालय प्रमुख क्षेत्रीले प्रहरीमा देखिने तनावलाई व्यवस्थापन गर्न  संगठनले प्रहरी भित्र कर्मचारी  व्यवस्थापनलाई  सरल बनाउदै प्रहरी कर्मचारीलाई सकभर पायक पर्ने कार्यालयमा खटाउने गरेको, श्रीमान श्रीमती एकै ठाउँमा भएमा एउटै कार्यालय वा नजिकको कार्यालयमा खटाउने गरेको, महिला र असक्त कर्मचारीहरूलाई उनिहरूको कार्यप्रकृती अनुसार जिम्मेवारी दिई सहज व्यवस्थापन गर्ने गरेको कार्यक्रममा जानकारी दिनुभयो ।   सो क्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्रहरीले कानूनले दिएको आधिकार प्रयोग गर्दै अपराध हुन नदिने गरि कार्य गर्ने बताउनु भयो । कार्यक्रममा साइबर क्राइम, सामाजिक संजाल सम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिनुभयो । उहाँले सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न  सदैब सजग हुन समेत आग्रह गर्नुभयो ।

सो कार्यक्रममा  बिद्यार्थीहरुलाई Police Control Room को भ्रमण गराई Control Room र सि.सि.टि.भी.बाट प्रहरीले गर्ने काम/कारवाहीबारे सैद्धान्तिक र ब्यवहारिक ज्ञान प्रदान गरीएको थियो ।