जुवातास खेल्ने ७ जना मानिस नियन्त्रणमा

काठमाण्डौ, १३ भाद्र

       महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले यही भाद्र १३ गते ०१:०० वजे काठमाण्डौ १६ बालाजु एराहिटीमा ईश्‍वर लामाले संचालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा,नगद १९ हजार ९ सय ९५ रूपैयाँ, ३ बुक तास र जित बहादुर तामाङ सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।