रक्त चन्दन सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १२ भाद्र

    महानगरीय प्रहरी वृत्त बौद्धले रक्त चन्दन सहित २ जनालाई पक्राउ गरेको छ  । प्रहरीले यही ११ गते १८ : ०० बजे काठमाण्डौ महानगरपालिका-६ रामहिटी चारघरे  स्थित एक घरमा रक्त चन्दन बिक्री बितरण भईरहेको छ भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले सोही ठाउँका च्याबा लामा र मुगुका योन्देन ग्याम्चो तामाङलाई रक्त चन्दन ८३ किलो र १ सय ५० ग्राम  यार्सा गुम्बा सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।