लागुऔषध सहित नियन्त्रणमा

काठमाण्डौ, १२ भाद्र

  महानगरीय प्रहरी प्रभाग कपनले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ११ गते ११:०० बजे बुढानिलकण्ठ नगरपालिका-१२ स्थित ओखलढुङगा फेदीकोट गाउँपालिका-३ का गोपाल कार्कीलाई संकास्पद अबस्थामा फेलापारी चेकजाँच गर्दा कार्कीको साथबाट प्रहरीले डाईजोपाम, नुफिन र फेनरागन गरी ३० एम्पुल बरामद गरेको छ । यसै गरी महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मध्यपुर ठिमी नगरपालिका-५ सिद्धकाली मन्दीरबाट नयाँ ठिमी बस्ने उदयपुर गाईघाटका आयोग राईलाई ट्रमा ३७ ट्याबलेट सहित ‍नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।