दुर्लभ बन्यजन्तु भालुको पित्त सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ११ भाद्र

       महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले यही भाद्र १० गते १६:१५ बजे काठमाण्डौ महानगरपालिका-२६ रानीबारीबाट दुर्लभ बन्यजन्तु भालुको पित्त सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम म्याङ्लुङ नगरपालिका-६ घरभई काठमाण्डौ गोठाटार बस्ने बर्ष-३१ को बिमल सोबेम्बा छन् । निजको साथबाट दुर्लभ बन्यजन्तु भालुको पित्त १७ ग्राम बरामद गरेको छ  । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।