जुवातास खेलिरहेको अवस्थामा ७ जना नियन्त्रणमा

काठमाण्डौ, ११ भाद्र

         महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले यही १० गते १८:२० वजे काठमाण्डौ गोकर्णेश्‍वर नगरपालिका-४ नाम्गेल स्थित गोपी श्रेष्ठको घरको छतमा जुवातास खेलिरहेको घर धनी श्रेष्ठ सहित ७ जनालाई नगद २५ हजार ३ सय ५ रूपैयाँ सहित नियन्त्रणमा लिईएको छ ।   घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।